कृष्णपुर नगरपालिकामा शुक्लाफाँटा विस्थापितको पीडा उस्तै, हरेक निर्वाचनमा पुनर्स्थापनाको माग
कञ्चनपुर, माघ १५
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारहरू दशकौँदेखि पुनर्स्थापनाको माग गर्दै आइरहेका छन् । हरेक निर्वाचनमा नेताहरूले आश्वासन बाँड्ने गरे पनि समस्या अहिलेसम्म समाधान नहुँदा विस्थापितहरू निराश बनेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीका ६५ वर्षीय गजबहादुर विष्ट २०३६ सालको जनमत संग्रहदेखि अहिलेसम्म भएका सबै निर्वाचनमा मतदान गर्दै आएका छन् । तर पछिल्ला अढाई दशकयताका हरेक निर्वाचनमा उम्मेदवारसँग उनको एउटै माग दोहोरिँदै आएको छ—शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९हाल राष्ट्रिय निकुञ्ज० विस्तारका क्रममा विस्थापित परिवारको पुनर्स्थापना ।
-1769702717.jpg)
विष्ट २०५८ सालमा साविक झलारी गाविस–१, हिरापुरबाट विस्थापित भएका थिए । हाल उनी बाणीमा बसोबास गर्दै आएका छन् । पछिल्ला दुई महिनादेखि आरक्ष विस्थापित परिवारहरू आन्दोलनका रूपमा महेन्द्रनगर बजारस्थित जडीबुटी कार्यालयको सरकारी जग्गामा अस्थायी छाप्रा बनाएर बसिरहेका छन् । “हामीले सबैलाई भोट दियौँ, तर हाम्रो पीडातिर कसैले हेरेन,” विष्टले गुनासो गरे, “चुनावका बेला सबैले पहिलो काम पुनर्स्थापना गर्छौँ भन्छन् । जितेर गएपछि भने सबै बिर्सिन्छन् ।”

उनका अनुसार पुनर्स्थापनाका नाममा आयोग गठन गर्ने र कार्यकर्ता भर्ती गर्नेबाहेक ठोस काम भएको छैन । यही पीडालाई डडेलधुराको अमरगढी नगरपालिका–६ का ७० वर्षीय टेकबहादुर टमटाले पनि दोहोर्याए । उनी पनि २०५८ सालमै रौतेलीबिचवाबाट विस्थापित भएका हुन् । “कसलाई भोट दिएर के हुन्छ र रु समस्या त जसले जिते पनि समाधान हुँदैन,” टमटाले भने, “नेता–कार्यकर्ता भोट माग्न आउन थालेका छन् । हामी भोटै नदिने कुरा पनि गरिरहेका छौँ, तर अन्तिम निर्णय सबै मिलेर गर्छौँ।”

विस्थापनापछि केही वर्ष पुनर्स्थापनाको आशामा विभिन्न स्थानमा बसाइँ सरेका टमटा अन्ततः डडेलधुरा पुगेका थिए । साविक विपलाडी गाविसको भत्पुरीबाट विस्थापित रमेश ताम्राकारको पीडा पनि उस्तै छ । “देशमा आन्दोलन भयो, नयाँ संविधान बन्यो, धेरै सरकार फेरिए, धेरै चुनाव भए,” ताम्राकारले भने, “तर हाम्रो पीडा जस्ताको तस्तै छ । चुनावअघि पुनर्स्थापनाको आश्वासन पाइन्छ, चुनावपछि फेरि निराशा मात्रै ।”
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा




-1770649988.jpg)
-1770567812.jpg)