मानेभन्ज्याङ गाउँपालिकामा हावाहुरीले ठूलो कृषि क्षति, किसान मारमा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
आर्थिक

मानेभन्ज्याङ गाउँपालिकामा हावाहुरीले ठूलो कृषि क्षति, किसान मारमा

ओखलढुङ्गा, चैत ९  

         पछिल्लो साता आएको हावाहुरी र वर्षाले जिल्लाको कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार करिब २८ लाख ८८ हजार रुपैयाँ बराबरको नोक्सानी भएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ।

4-1774270894.jpg
   सूचना अधिकारी इन्द्र राईका अनुसार विशेषगरी व्यावसायिक तरकारी खेतीमा प्रयोग गरिएका प्लास्टिक टनेल तथा संरचनाहरूमा बढी क्षति पुगेको छ। जिल्लाभर ३९ वटा टनेल तथा कृषि संरचना हावाहुरीका कारण भत्किएका वा उडेको अवस्थामा भेटिएका छन्। यिनै संरचनाको क्षतिबाट मात्रै करिब २४ लाख ४० हजार रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ।

5-1774270916.jpg
    त्यसैगरी, करिब ०/६१ मेट्रिक टन तरकारी बाली नष्ट हुँदा थप ४८ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ। टनेलभित्र लगाइएका गोलभेँडा, काउली, बन्दा र खुर्सानीजस्ता बालीमा प्रत्यक्ष असर परेको केन्द्रले जनाएको छ। हावाहुरीले संरचना उडाएपछि बाली जोगाउन नसक्दा किसानहरू मारमा परेका छन्।

2-1774270915.jpg
        मानेभन्ज्याङ गाउँपालिका–४ पङ्खुका किसान नारायणप्रसाद राईले आफ्ना टनेलहरू पूर्ण रूपमा नष्ट हुँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताए। व्यक्तिगत लगानी र अनुदानबाट बनाइएका संरचना क्षतिग्रस्त भएपछि उनले सरकार तथा सम्बन्धित निकायसँग राहतको माग गरेका छन्।  प्रारम्भिक तथ्याङ्कअनुसार २९ जना कृषक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र चिशङ्खुगढी गाउँपालिका लगायतका क्षेत्रमा हावाहुरीको प्रभाव बढी देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक