आर्थिक
विहादी गाउँपालिकाको बेवास्ता: बजेट अभावमा विद्यालय भवन तीन वर्षदेखि अलपत्र
पर्वत, चैत १०
पर्वतको विहादी गाउँपालिका–४ वहाकीस्थित लिम्सिङमा रहेको रम्बादेवी माता आधारभूत विद्यालयको भवन निर्माण तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। आवश्यक बजेट अभावका कारण आठ कोठे पक्की भवनको निर्माण कार्य रोकिएको हो।

उक्त भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयले उपलब्ध गराएको ३६ लाख रुपैयाँबाट सुरु गरिएको थियो। तर थप बजेटको सुनिश्चितता हुन नसक्दा निर्माण कार्य बीचमै रोकिएको विद्यालयले जनाएको छ। भवन निर्माण अधुरो रहँदा विद्यालयका विद्यार्थीहरू कष्टकर र असुरक्षित वातावरणमा अध्ययन गर्न बाध्य भएका छन्। हाल चार कक्षासम्म सञ्चालन हुने यस विद्यालयमा १९ जना विद्यार्थी अध्ययनरत छन्।
प्रकाशित मिति:
मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
आर्थिक
अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सेवा सुधारको लागि प्रमुख जिल्ला अधिकारीको निर्देशन
सोमबार, चैत ९, २०८२
मानेभन्ज्याङ गाउँपालिकामा हावाहुरीले ठूलो कृषि क्षति, किसान मारमा
सोमबार, चैत ९, २०८२
कृष्णपुर नगरपालिकामा शुक्लाफाँटा विस्थापितको पीडा उस्तै, हरेक निर्वाचनमा पुनर्स्थापनाको माग
बिहीबार, माघ १६, २०८२
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
आइतबार, पुस २७, २०८२
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
मंगलबार, पुस २२, २०८२
समाचार




-1775551031.png)
