शुक्लाफाँटा नगरपालिकाको पुरैनातालमा व्यावसायिक माछापालन
कञ्चनपु,२२ भाद्र
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–९ मा अवस्थित वृन्दावन सामुदायिक वनभित्र रहेको प्राकृतिक पुरैनातालमा व्यावसायिक रूपमा माछापालन सुरु गरिएको छ। सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित ताल प्रयोगमा ल्याएको हो।
सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार तालमा रोहु, कमन र ग्रास जातका गरी करिब २५ हजार भुरा हालिएका छन्। हाल माछाको तौल एकदेखि दुई किलोसम्म पुगेको र दसैँ–तिहारको समयमा बजारमा बिक्री गर्ने योजना रहेको उनले बताए।

तालबाट दुई सयदेखि दुई सय ७५ क्विन्टलसम्म माछा उत्पादन हुने अनुमान गरिएको छ। माछा बिक्रीबाट हुने आम्दानी वन क्षेत्रमा मेसवायर जडान, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, र उपभोक्तालाई तरकारीखेती तथा पशुपालनतर्फ प्रोत्साहन गर्न प्रयोग गरिने समितिको योजना छ।

“पहिलो प्राथमिकता वन संरक्षण र विकासलाई दिइनेछ,” अध्यक्ष ऐरले बताए, “छ किलोमिटर क्षेत्रमा मेसवायर जडानपछि कृषि र पशुपालनतर्फ लगानी गरिनेछ।”
यद्यपि, गर्मीयाममा अकासे पानीमा मात्र निर्भर रहने पुरैनातालमा पानी सुक्ने समस्या देखिने भएकाले दीर्घकालीन समाधानका लागि अटोजन बोरिङ आवश्यक पर्ने अध्यक्ष ऐरको भनाइ छ। यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेटको आग्रह गरिएको छ।
कृष्णपुर नगरपालिकामा शुक्लाफाँटा विस्थापितको पीडा उस्तै, हरेक निर्वाचनमा पुनर्स्थापनाको माग
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा




-1770649988.jpg)
-1770567812.jpg)