बेलौरी नगरपालिकामा हुलाकी सडक निर्माण अलपत्र, आठ वर्षपछि पनि काम अधुरो
धनगढी, कात्तिक २७
कञ्चनपुरको हुलाकी राजमार्ग आठ वर्ष बित्दा पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कुल ८५.५ किलोमिटरमध्ये ६२ किलोमिटर मात्र कालोपत्रे भएको छ, बाँकी २३.५ किलोमिटर अझै अधुरो छ। २०७३ फागुनमा सुरु गरिएको यो परियोजना तीन प्याकेजमा बाँडिएको थियो। पहिलो प्याकेज (डोकेबजार–बेलौरी) पाँच पटक म्याद थपेर पूरा गरिएको छ, तर दोस्रो (बेलौरी–बेलडाँडी) र तेस्रो (बेलडाँडी–दैजी) प्याकेजको काम निकै सुस्त छ।

ठेकेदार कम्पनीको ढिलासुस्ती, सरकारी निकायको कमजोरी र भारतीय सीमा क्षेत्रमा देखिएको अवरोधका कारण सडक निर्माण अलपत्र छ। स्थानीयहरू हिउँदमा धुलो र वर्षामा हिलोले त्रसित छन्।

स्थानीय जनप्रतिनिधीहरूका अनुसार, पटक–पटक दबाब दिए पनि केन्द्र र प्रदेश सरकारले सुनुवाइ नगरेको गुनासो छ। अधुरो सडकले बेलौरी, बेलडाँडी र बेदकोटका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





