त्रिपुरासुन्दरी नगरपालिकाकी गोरी आमा पाउनुभयो देश–विदेशबाट आर्थिक सहयोग
डोल्पा , पुस १
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ की ९० वर्षीया गोरी सार्कीलाई देश–विदेशबाट आर्थिक सहयोग जुटेको छ। इकान्तिपुरको घर खर्चु स्तम्भमा मंसिर ३ गते प्रकाशित “न भोलिलाई अन्न छ, न त फेरफार गर्ने लुगा” शीर्षकको समाचारपछि ५० हजार १ सय ७५ रुपैयाँ नगद सहयोग संकलन भएको हो।

काठमाडौंस्थित साङ्ग्रिला डेभलपमेन्ट बैंकमा कार्यरत लक्ष्मण कार्कीको पहलमा सहयोग जुटेको हो। उनले बताए अनुसार, सहयोग रकम माछापुच्छ्रे बैंक डोल्पामा सार्कीको खातामा जम्मा गरिएको छ। कार्कीले गोरी आमा र उनका छोराको जीवनयापन अलिकति सहज होस् भन्ने उद्देश्यले सहयोग जुटाइएको जानकारी दिनुभयो।

सार्कीको परिवारमा उनी र एक छोरा छन्। उनका छोराले अपांगता भएकाले दैनिक आवश्यक खर्च जुटाउन पनि कठिनाइ भएको छ। यसअघि सामाजिक सञ्जालमार्फत अपिल गरेपछि ६० हजार ९ सय ६४ रुपैयाँ संकलन गरी खातामा जम्मा गरिसकिएको थियो।
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा
खप्तड छेडेदह गाउँपालिका–बुढीगङ्गा नगरपालिकाको जोड्ने पुल अलपत्र
छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
लोमान्थाङ गाउँपालिकाको कोरला नाकामा खानेपानी अभाव, व्यापारी समस्यामा
मेलम्ची नगरपालिकामा बाढीपछि साढे चार वर्ष, पीडित अझै असुरक्षित





