छिन्नमस्ता गाउँपालिकामा १५० विपन्न परिवारलाई कम्बल वितरण
सप्तरी, पुस २१
अत्यधिक जाडोका कारण प्रभावित भएका विपन्न परिवारलाई राहत दिन जिल्ला प्रशासन कार्यालय सप्तरीले छिन्नमस्ता गाउँपालिका–५, लोखरमका १५० दलित तथा आर्थिक रूपमा कमजोर परिवारलाई कम्बल वितरण गरेको छ। झाडा–पखालाबाट प्रभावित र अति विपन्न बस्ती रहेको उक्त क्षेत्रमा पछिल्लो दुई सातादेखि चिसो अत्यधिक बढेपछि तत्काल राहत पुर्याउने उद्देश्यले कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो।

कम्बल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द्र नेपाल र वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थिति रहेको थियो।

जिल्लामा शीतलहर बढेसँगै दलित, सीमान्तकृत तथा विपन्न परिवारले न्यानो कपडा र दाउराको अभाव झेलिरहेका बेला गरिएको यो सहयोगले ठूलो राहत मिलेको स्थानीय बुधनी सदाले बताउनुभयो।
विहादी गाउँपालिकाको बेवास्ता: बजेट अभावमा विद्यालय भवन तीन वर्षदेखि अलपत्र
अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सेवा सुधारको लागि प्रमुख जिल्ला अधिकारीको निर्देशन
मानेभन्ज्याङ गाउँपालिकामा हावाहुरीले ठूलो कृषि क्षति, किसान मारमा
कृष्णपुर नगरपालिकामा शुक्लाफाँटा विस्थापितको पीडा उस्तै, हरेक निर्वाचनमा पुनर्स्थापनाको माग
अनुदान ढिलाइले सहिदभूमि पालिकाका पहिरोपीडित मारमा




-1775551031.png)
