हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
हेटौँडा, माघ २
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनमा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। उक्त स्थानमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको हो। यससँगै निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक काम व्यवस्थित रूपमा अघि बढाइने भएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा मकवानपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश गीता श्रेष्ठ, निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिवक्ता देवेन्द्र आचार्य, बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीलगायतको उपस्थिति रहेको थियो।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल तीन लाख १५ हजार ३३४ जना मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन्। मतदातामध्ये एक लाख ५३ हजार ३७६ महिला, एक लाख ६१ हजार ९५३ पुरुष र पाँच जना अन्य मतदाता छन्।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)