भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा

सङ्खुवासभा, चैत ९ 

    सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा बसोबास गर्ने थुदाम जाति अति सिमान्तकृत हिमाली आदिवासी समूह हो। हाल यहाँ करिब ३० घरधुरी बसोबास गर्दै आएको छ।

5-1774278170.jpg
    थुदाम जातिको मुख्य पेशा काठ तथा जडीबुटीको व्यापार र चौँरीपालन हो। तिब्बतको रेउ क्षेत्रसँग पुरानो विवाह र व्यापार सम्बन्ध रहँदै आएको छ। अघिल्ला पुस्तामा छोरा नभएका परिवारका युवाहरू तिब्बतमा ज्वाइँ बस्ने परम्परा चल्थ्यो, तर अहिले यो चलन घटेको छ। थुदाम जातिको भाषा ढोक्प्यारथुदामरपावाखोला चिनियाँ–तिब्बती भाषिक परिवारसँग सम्बन्धित छ। समुदायले आफ्नो भाषा संरक्षण र विकासको प्रयास गरिरहेको छ।

2-1774278370.jpg
     धार्मिक जीवनमा थुदाम जातिले बौद्ध धर्म, प्रकृतिपूजा र बोनपनलाई मिश्रित रूपमा मान्दै आएको छ। मृत्युपछि शव जलाउने र बालकको मृत्यु भए गुफामा राख्ने चलन रहेको छ। थुदाम जातिको मुख्य पर्व ग्याल्पो ल्होसार हो। यस पर्वमा घर सरसफाइ, बुट्टा चित्र बनाउने, सामुदायिक नाचगान र खेलकुद गरिन्छ। गाउँका सबै सदस्यले आफ्नो परम्परागत भेषभूषामा गीत गाएर नाच्ने परम्परा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक