भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
भोजपुर, माघ १९
भोजपुर जिल्लामा सुन्तलाका बोट क्रमशः सुक्न थालेपछि यहाँका किसान गम्भीर समस्यामा परेका छन् । विभिन्न रोगको प्रकोपका कारण सुन्तला बगान नै नष्ट हुने जोखिम बढ्दै गएपछि किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ ।

वर्षौँको मेहनतपछि हुर्काइएका सुन्तलाका बोट सुक्दै जान थालेपछि किसान चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ का किसान सोवित आछामेका अनुसार बगानमा ऐजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै मर्ने समस्या देखिएको छ । यसका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको र केही स्थानमा पूरै बगान नष्ट हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

समयमै प्राविधिक सहयोग नपाउनु र रोगको उचित उपचार नहुँदा समस्या झन् जटिल बन्दै गएको किसानको गुनासो छ । बोट सुक्न थालेपछि बाध्य भएर काटेर फाल्नुपरेको आछामेले जानकारी दिनुभयो । “सम्बन्धित सरकारी निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी तत्काल समाधानको व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो, “बगानै सखाप हुने अवस्था आएपछि किसान अत्यन्तै पीडामा छन्।”
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त




-1775551031.png)
