सामाजिक
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
सप्तरी, माघ ८
सरस्वती पूजाको पूर्वसन्ध्यामा सप्तरीका मूर्तिकारहरू व्यस्त बनेका छन्। सरस्वतीको मूर्ति शृङ्गार गर्ने काम अन्तिम चरणमा पुगेको छ। विगत एक महिनादेखि निरन्तर रूपमा मूर्ति निर्माणमा जुटिरहेका मूर्तिकारहरू अहिले तयार मूर्ति ग्राहकलाई हस्तान्तरण गर्ने तयारीमा छन्।

विष्णुपुर गाउँपालिका–५ का ४० वर्षीय मूर्तिकार प्रभु मण्डलले यस वर्ष एक सयवटा सरस्वतीका मूर्ति निर्माण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सबै मूर्तिका लागि अर्डर प्राप्त भइसकेको छ। “भोलि सरस्वती पूजा भएकाले आजै बेलुकी पूजा स्थलमा मूर्ति पुर्याउनुपर्ने हुन्छ, त्यसैले अहिले शृङ्गारको काम तीव्र बनाइएको छ,” उहाँले भन्नुभयो।
प्रकाशित मिति:
बिहीबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
सामाजिक
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
मंगलबार, चैत १०, २०८२
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
सोमबार, चैत ९, २०८२
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
शुक्रबार, माघ २४, २०८२
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
सोमबार, माघ २०, २०८२
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, माघ ३, २०८२
समाचार




-1775551031.png)
