इलाम र बागलुङ नगरपालिका क्षेत्रका प्रमुख सडकहरू पहिरोका कारण अवरुद्ध: यातायात प्रभावित - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
आर्थिक

इलाम र बागलुङ नगरपालिका क्षेत्रका प्रमुख सडकहरू पहिरोका कारण अवरुद्ध: यातायात प्रभावित

 इलाम ,साउन २८


   इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति आएको पहिरोका कारण केचना–कञ्चनजंघा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। यस कारण इलामबाट गोलाखर्क हुँदै झापातर्फ जाने मार्ग पनि अवरुद्ध भएको छ।

1-1755073291.JPG
 

   सडक अवरुद्ध भएपछि व्यवसायीहरू लामो दूरीको यात्रा गर्दा मेची राजमार्ग प्रयोग गर्न बाध्य भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी, यातायात व्यवसायी र स्थानीयहरूको सक्रिय सहभागितामा पहिरो हटाउने काम जारी छ।

2-1755073568.jpg
 

   यसैबीच,कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा पनि सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। भीषण चट्टानसहितको पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक रोकिएको छ।

1-1755163911.JPG
 

 

   करिडोर अवरुद्ध भएपछि बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा,रूपन्देही हुँदै पश्चिम जाने सबै सवारीसाधन तथा उत्तर मुस्ताङसम्म जाने यातायात पनि रोकिएका छन्। भैरहवाबाट मालसामान बोकेर आएका ट्रकहरू पनि कालाखोलामा अड्किएका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गंगाराम बिकका अनुसार, निरन्तर पहिरो झरिरहेकाले सडक पुनः खुलाउन कठिनाइ भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक