काठमाडौँ महानगरपालिकाद्वारा धरहरा टपरी म:मालाई खाद्य स्वच्छता उल्लङ्घनमा २ लाख जरिवाना
काठमाडौं, साउन ३०
काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित चर्चित ‘धरहरा टपरी मःम’ मा खाद्य स्वच्छता मापदण्ड उल्लंघन भएको पाइएपछि दोषी सञ्चालकलाई रु २ लाख जरिवाना गरिएको छ ।
महानगरको कृषि तथा खाद्य विभागका प्रमुख तथा निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिनुभयो कि, नियमित अनुगमनको क्रममा तयार–तयार बिक्रीका लागि राखिएको मःममा धातुको औँठी भेटिएको र खाद्य गुणस्तर मापदण्ड अनुरूप नपरेको पाइएपछि कारबाही गरिएको हो ।

उहाँले बताउनुभयो कि सञ्चालकले पटक(पटक महानगरपालिकाको निर्देशन उल्लंघन गर्दै आएको र खाद्य स्वच्छता कायम नगरेको पाइएको छ । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०,२९ र ३० (१)‘ख’ अनुसार जरिवाना तोकिएको” उहाँले थप्नुभयो ।

महानगरपालिकाले व्यवसायीलाई सात दिन भित्र बैंकमार्फत जरिवाना बुझाएर त्यसको जानकारीसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, भविष्यमा खाद्य स्वच्छता र गुणस्तर मापदण्ड पूरा हुने गरी उत्पादन र वितरण व्यवस्थामा सुधार गर्न आग्रह गरिएको छ।
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग




-1770649988.jpg)
-1770567812.jpg)