छायाँनाथ रारा नगरपालिकामा वडाध्यक्षहरूले तालाबन्दी जारी राखे
मुगु,भदौ १
छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष पदमराज मल्लका अनुसार, नगर प्रमुख विष्णुकुमार भामले आर्थिक वर्ष ०८२/०८३ को १७ औं बजेट सभामा छलकपट गरेको आरोप लगाउँदै बुधबारदेखि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। वडाध्यक्षहरूको अडानअनुसार, नगर प्रमुखले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद ५ को दफा ३ बमोजिम काम नगरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो।

नगर प्रमुख विष्णुकुमार भामले भने, मैले कुनै सभा र निर्णय जालझेल गरेको छैन, उहाँहरूले आफैले सभाहरूका निर्णयमा दस्तखत गर्नुभएको छ। सभा सकिएको एक हप्तापछि ताला लगाउनु बेमौसमी बाजा हो।
तालाबन्दीका कारण नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा बिहीबार जिल्ला प्रशासन कार्यालयमा वडाध्यक्षहरूसँग बैठक बसेर उक्त माग सम्बोधन र तालाबन्दी खोल्ने प्रयास गरिने जानकारी दिइएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





