हेटौँडा उपमहानगरपालिकाको साउन महिनामा रु ३ करोड ५० लाख राजस्व संकलन
बागमती,भाद्र ६
बागमती — हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष (२०८२/८३) को साउन महिनामा रु ३ करोड ५० लाख राजस्व प्राप्त गरेको छ। यसमा विभिन्न कर र शुल्कहरूको विवरण यस प्रकार रहेको छ।
पूर्वाधार सेवाको उपयोग शुल्कबाट रु १ करोड ३३ लाख ८८ हजार
सम्पत्ति करबाट रु ४५ लाख ९९ हजार
घरबहाल करबाट रु ६५ लाख २० हजार
बहाल(बिटोरी करबाट रु १६ लाख ४५ हजार
व्यवसाय करबाट रु ४१ लाख १७ हजार
प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु २ लाख ३१ हजार

गत आवको राजस्व विवरण:
गत आवको सोही अवधिमा हेटौँडा नगरपालिकाले विभिन्न स्रोतबाट निम्नानुसार राजस्व संकलन गरेको थियो।
सम्पत्ति कर: रु १ करोड ४४ लाख ८५ हजार
पूर्वाधार सेवाको उपयोग शुल्क: रु १ करोड १८ लाख ७५ हजार
घरबहाल कर: रु ५० लाख ६५ हजार
सिफारिस दस्तुर: रु ३३ लाख ४० हजार
बहाल (बिटोरी) कर: रु १८ लाख ७८ हजार
व्यवसाय कर: रु ४१ लाख २१ हजार
प्रशासनिक दण्ड जरिवाना र जफतस् रु ५ लाख ९६ हजार
यसरी, गत आवको सोही अवधिमा हेटौँडा नगरपालिकाले कुल रु ४ करोड ५० लाख १४ हजार ५ सय ६० राजस्व संकलन गरेको थियो।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





