सर्केगाड पालिकाको सेवा विस्तार: ६ हजारभन्दा बढी नागरिकता वितरण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

सर्केगाड पालिकाको सेवा विस्तार: ६ हजारभन्दा बढी नागरिकता वितरण

हुम्ला, ९ भदौं 

       हुम्लाको दक्षिणी क्षेत्रमा कार्यरत सर्केगाड ग्रामीण नगरपालिकामा अवस्थित इलाका प्रशासन कार्यालयले सेवा सुरू गरेयता, करिब ६ हजारभन्दा बढी नागरिकहरूलाई यहाँबाट नागरिकता सुविधा पुर्‍याइएको छ। कार्यालय प्रमुख कायम–मुख्य अधिकृत घमानसिंह रावतका अनुसार, नयाँ नागरिकता प्रमाणपत्र ३,८८२ र प्रतिलिपि १,११२ प्रमाणपत्रहरू वितरण गरिसकिएको छ।

   स्थापनाको पहिलो वर्ष (२०७३) मा १५० नयाँ नागरिकता जारी भए पनि त्यसपछि क्रमशः ३४४, ५७७, ४८८, ३३६, ५०१, ६५०, ६५९, ८५४ (२०८१) र यस वर्ष हालसम्म ३४८ नयाँ नागरिकता वितरण भइसकेको छ।

Untitled-design-(4)-1756367831.png
 

   साथै, नाबालक परिचयपत्र, थर प्रमाणित, नाम–थर तथा जन्म मिति फरक, खस आर्य वा पिछडिएको क्षेत्रका सिफारिस गरी १२४ प्रमाणपत्र र ६९ परिचयपत्रहरू उपलब्ध गराइएको छ। राष्ट्रिय परिचयपत्रका रूपमा २,४५६ प्रपत्र वितरण गरिएको छ।

अधिकृत रावतले भने, अब नागरिकताका लागि सदरमुकाम सिमकोट धाउनु पर्दैन, जसले समय, खर्च र श्रममा ठूलो बचत भएको छ।”

   तर उनले प्रशासनिक काम अझै चुनौतीपूर्ण रहेको व्यथा पोखे  कार्यालय आफूँको नभई साँगुरो घरमा संचालन, बिजुली नभएर सोलार निर्भरता, इन्टरनेट तथा लिज लाइनको अभाव, कर्मचारीको कमी (खरिदार पद खाली, एक जना NASSU र खरिदार थप आवश्यक) जस्ता बाध्यता अझै कायम छन्।

1-1756109159.JPG
 

स्थानीयका अनुभव:

नन्दे महतार, अदानचुली–१:

  पहिले सिमकोट पुग्न पाँच दिन र ८–१० हजार रुपैयाँ खर्चिनुपर्थ्यो। अहिले सहज भए पनि, स्थानमै सेवा पाउँदा धेरै राहत भएको छ।

संस्था र कर्मचारी पक्षको बुझाइ:

रा   वतले जनसंख्या धेरै भएको चार स्थानीय तहलाई सेवा दिनुपर्ने र कार्यालय व्यवस्थापन—आवास, खानेपानी, भिडभाड—जस्ता आधारभूत व्यवस्थापकीय चुनौतीहरू रहेको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक