लमजुङका पालिकामा निर्माणाधीन १४ मोटरेबल पुल: बजेट र स्थानको विवरण
लमजुङ, भदौ १३
लमजुङ चालु आर्थिक वर्षमा लमजुङ जिल्लामा १४ वटा नयाँ मोटरेबल पुल निर्माण हुने भएका छन्। यसका लागि गण्डकी प्रदेश सरकारले २३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख नरेशराज जोशीका अनुसार, पुल निर्माणका लागि बजेट ४० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म छुट्याइएको छ। मर्स्याङ्दी गाउँपालिका–४ र ५ लाई जोड्ने स्याँगे पुलका लागि ३ करोड रुपैयाँ, राईनासको तार्दीखोला र बेलौतीविसौना–भोटेचौर पुलका लागि प्रति पुल २ करोड ५० लाख रुपैयाँ, र दोर्दीको साधीखोला, किसेदी खोला, खहरेखोला र रुदी खोला पुलका लागि प्रति पुल २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी, बेंसीसहर नगरपालिका अन्तर्गत पुमाखोला पुलका लागि १ करोड ८४ लाख रुपैयाँ, दोर्दी गाउँपालिका अन्तर्गत करौती खोला पुलका लागि १ करोड ६० लाख रुपैयाँ, दुधपोखरी गाउँपालिका अन्तर्गत भुम्लीचोकमा लाग्दीखोला पुलका लागि १ करोड २५ लाख रुपैयाँ र मध्यनेपाल नगरपालिकाको गलौदी खोला पुलका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार, केही योजनाको गत आर्थिक वर्षमै टेण्डर आह्वान भइसकेको छ, जसले निर्माण कार्यलाई तीव्रता दिने अपेक्षा गरिएको छ।
लमजुङ जिल्लामा ०७५ सालदेखि अहिलेसम्म ३५ वटा मोटरेबल पुल निर्माण कार्य भइरहेको छ, जसले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकालाई आपसमा जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यी पुलहरूको निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई आवागमनमा सहजता हुनेछ र क्षेत्रीय विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग




-1770649988.jpg)
-1770567812.jpg)