बागमतीका ९ पालिकामा सूचना–प्रविधिमा आधारित कृषि उपज बजार केन्द्र स्थापना - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

बागमतीका ९ पालिकामा सूचना–प्रविधिमा आधारित कृषि उपज बजार केन्द्र स्थापना

हेटौंडा, भाद्र १४


   २०८२ – बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा नौवटा स्थानीय तहमा सूचना प्रविधिमा आधारित कृषि उपज बजार केन्द्र स्थापना गर्ने तयारी गरेको छ।

2-1756628513.jpg

लक्षित स्थानीय तहहरू:

 दोलखाको भीमेश्वर नगरपालिका

सिन्धुलीको गोलन्जोर गाउँपालिका

सिन्धुपाल्चोकको चौतारा(साँगाचोकगढी नगरपालिका

चितवनको माडी नगरपालिका

धादिङको थाक्रे गाउँपालिका

ललितपुरको बागमती गाउँपालिका

रामेछापको मन्थली नगरपालिका

काठमाडौंको नागार्जुन नगरपालिका

काठमाडौंको शंखरापुर नगरपालिका

केन्द्रहरूको मुख्य संरचना:

 प्रवक्ता सुजन कँडेल अनुसार, प्रत्येक बजार केन्द्रमा निम्न चार आधारभूत संयन्त्रहरू अनिवार्य राखिनेछ :

4-1756628743.jpg

सूचना प्रविधि प्रणाली

चिस्यान केन्द्र (थर्मलरकूलिङ सुविधा)

विषादी अवशेष परीक्षण प्रयोगशाला

कृषि एम्बुलेन्स (ढुवानी सेवा वाहन)

बजेट र साझेदारी व्यवस्था:

 यी नौवटा केन्द्रका लागि करिब ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

3-1756628561.jpg
कार्यक्रमको लागत व्यवस्थापन यसप्रकार हुनेछ:

 स्थानीय तहले ३०% लागत वहन गर्ने

बाँकी ७०% प्रदेश सरकारद्वारा सशर्त अनुदानका रूपमा उपलब्ध गराइने

मन्त्रालयले हाल यस कार्यक्रमका लागि कार्यविधि निर्माण गरिरहेको र आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष