फक्ताङलुङ गाउँपालिकामा पर्यटन प्रवर्द्धन: सहिद पार्क–गुम्बामा वृक्षारोपण सफल
फुक्लिङ, भदौ १५
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–१ दुई प्रमुख सार्वजनिक स्थलहरू, सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा, वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम योङ्ग कम्युनिष्ट लिग (वाईसीएल), नेपाल (फक्ताङलुङ) को पहलमा आयोजना गरिएको हो। केन्द्रीय सदस्य सुदिर साउदेनका अनुसार, कार्यक्रममा एक हजारभन्दा बढी बिरुवा रोपिएका छन्, जसमा प्रमुख रूपमा स्वाउ, शिरीष, कागती, मयुर पङ्खी सल्ला, तेजपत्ता आदिका बिरुवा समावेश छन्।
वाईसीएल नेपालको माह(यिलन अभियान “श्रम तथा उत्पादनमा वाइसिएल” अन्तर्गत रहेको यस वृक्षारोपणको मुख्य उद्देश्य— पर्यटन प्रवर्धन र क्षेत्रको प्राकृतिक सौन्दर्यमा वृद्धि गर्नु रहेको छ। साउदेनले भनुभयो। “गुम्बा र सहिद पार्क रोज्नुको उद्देश्य नै पर्यटन प्रवर्धन हो।”
वाइसिएल नेपालको जिला इन्चार्ज कैलाश माबोले थप जानकारी दिनुभयो। कि यस अभियान ताप्लेजुङमा एक महिना नभई एक वर्षसमै निरन्तर चलाउने योजना रहेको छ।
कार्यक्रममा, जिल्ला इन्चार्ज माबो, केन्द्रीय सदस्य साउदेन, जिल्ला अध्यक्ष सन्जिव माबो, गाउँपालिका अध्यक्ष मिराक लिम्बू, गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) तथा स्थानीय वाइसिएल कार्यकर्ताहरूको सहभागिता उल्लेखनीय रह्यो।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)