पालिका विशेष
सार्वजनिक जमिन अतिक्रमणविरुद्ध रामग्राम नगरपालिकाको डोजर कारबाही
परासी,भाद्र १७
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हाटबजार क्षेत्रका घर–टहरामाथि डोजर चलाएको छ। वडा नम्बर २ मा रहेका करिब १५ वटा संरचना भत्काइएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख धनपत यादवका अनुसार पटकपटक सूचना जारी गरेर स्वेच्छाले संरचना हटाउन आग्रह गरिए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको हो। अतिक्रमण गरेर बनेका संरचनामध्ये २ वटा पक्की र १३ वटा कच्ची घर भत्काइएको बताइएको छ।
सार्वजनिक जग्गा संरक्षणका लागि कार्यपालिकाको निर्णयअनुसार सूचना जारी गरिएको भए पनि तोकिएको समयसीमाभित्र अतिक्रमणकर्ताले ठाउँ नछाडेपछि नगरले कारबाही गरेको हो।

यद्यपि, भत्काइएका संरचनामध्ये केही भूमिहीनका पनि भएको भन्दै नगरपालिकाले उनीहरूको अवस्थाबारे छानबिन गरेर उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति:
बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
पालिका विशेष
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
सोमबार, चैत ९, २०८२
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
बुधबार, माघ २९, २०८२
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
शुक्रबार, माघ १०, २०८२
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
आइतबार, पुस २०, २०८२
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
आइतबार, पुस २०, २०८२
समाचार




-1775551031.png)
