पालिका विशेष
सन्धिखर्क नगरपालिका–११ मा रहेको ‘रक गार्डेन’ पर्यटकीय गन्तव्यका रूपमा लोकप्रिय
अर्घाखाँची, कार्तिक २५
सन्धिखर्क नगरपालिका–११ डिभर्नास्थित ‘ढुंगे बगैचा’ (रक गार्डेन) अहिले युवायुवतीको नयाँ आकर्षण बनेको छ। यहाँ दैनिक रूपमा फोटो र भिडियो खिच्ने, नाच्ने र रमाइलो गर्ने भीड बढ्दै गएको छ।

प्राकृतिक रूपमा बनेका धारिला ढुंगाहरू, वरिपरिका वनजंगल र हिमश्रृंखलाको दृश्यले यो स्थानलाई सुन्दर बनाएको छ। टिकटक र फेसबुकमा तस्बिर र भिडियो भाइरल भएपछि रक गार्डेन चर्चित गन्तव्य बनेको हो।
स्थानीय र पर्यटकले यहाँको प्राकृतिक सौन्दर्य, चिसो हावा र शान्त वातावरण मन पराइरहेका छन्। सन्धिखर्क नगरपालिकाले लुम्बिनी प्रदेश सरकारसँग सहकार्य गरी सौचालय, धारा, बस्ने ठाउँ र अन्य पूर्वाधार निर्माण गरिरहेको छ।

तीन वर्षयता प्रचारप्रसार र पहुँच विस्तारसँगै रक गार्डेन अर्घाखाँचीको लोकप्रिय पर्यटन स्थलका रूपमा पहिचान बनाउँदै गएको छ।
प्रकाशित मिति:
बुधबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
पालिका विशेष
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
सोमबार, चैत ९, २०८२
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
बुधबार, माघ २९, २०८२
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
शुक्रबार, माघ १०, २०८२
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
आइतबार, पुस २०, २०८२
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
आइतबार, पुस २०, २०८२
समाचार




-1775551031.png)
