सामाजिक
नवराजपुर गाउँपालिकामा ब्राउन सुगरसहित २ युवक पक्राउ
सिराहा, ३० कात्तिक
सिराहा — सिराहामा प्रहरीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका दुई युवकलाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ। हिजो साँझ करिब ६:४० बजे इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका–४ मा स १० प ७८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेपछि दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–७ चक्रदहका २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाइकलमा पछाडि सवार सिराहा लहान नगरपालिका–१ मटिहरवाका २६ वर्षीय शीतल चौधरी छन्।
उनीहरूको साथबाट प्लास्टिकमा राखिएको ब्राउन सुगर जस्तो पदार्थ तौल गर्दा १.६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति:
आइतबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
सामाजिक
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
शुक्रबार, माघ २४, २०८२
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
सोमबार, माघ २०, २०८२
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
बिहीबार, माघ ९, २०८२
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, माघ ३, २०८२
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन
बिहीबार, माघ २, २०८२
मोदी गाउँपालिकामा ‘एक घर एक धारा’ योजना सम्पन्न
मंगलबार, पुस २९, २०८२




-1770649988.jpg)
-1770567812.jpg)