सामाजिक
नवराजपुर गाउँपालिकामा ब्राउन सुगरसहित २ युवक पक्राउ
सिराहा, ३० कात्तिक
सिराहा — सिराहामा प्रहरीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका दुई युवकलाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ। हिजो साँझ करिब ६:४० बजे इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको टोलीले नवराजपुर गाउँपालिका–४ मा स १० प ७८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेपछि दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–७ चक्रदहका २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाइकलमा पछाडि सवार सिराहा लहान नगरपालिका–१ मटिहरवाका २६ वर्षीय शीतल चौधरी छन्।
उनीहरूको साथबाट प्लास्टिकमा राखिएको ब्राउन सुगर जस्तो पदार्थ तौल गर्दा १.६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति:
आइतबार, मंसिर १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
सामाजिक
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
सोमबार, पुस २८, २०८२
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
आइतबार, पुस २७, २०८२
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
आइतबार, पुस २७, २०८२
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
शुक्रबार, पुस २५, २०८२
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती
बिहीबार, पुस २४, २०८२
जानकी गाउँपालिकामा सुत्केरी भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन
बिहीबार, पुस १७, २०८२
समाचार





