लिमी गाउँका बासिन्दा नाम्खा गाउँपालिकाबाट सिमकोटमा विकास माग्दै
हुम्ला, मंसिर ७
हिमालपारिको नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँका बासिन्दा सदरमुकाम सिमकोटमा विकास माग्न आइपुगेका छन्। तिल, हल्जी र जाङ गाउँका करिब ६५ जनाको समूह शनिबार बिहान सदरमुकाम पुगेको हो।

उच्च हिमाली क्षेत्रको न्यालु लेकमा करिब पाँच हजार मिटर उचाइमा जमेको बाक्लो हिउँ पन्छाउँदै उनीहरू सात घण्टाको कठिन यात्रापछि सिमकोट आइपुगेका हुन्।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार १५ महिला र ५० पुरुष सहभागी टोलीले गाउँमा सञ्चार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सुविधा अभाव रहेको भन्दै विकास माग गर्न सदरमुकाममा उपस्थित भएको हो।

टोलीले आइतबार बिहान १० बजे प्रमुख जिल्ला अधिकारीसँग भेटेर आफ्ना समस्या सुनाउने कार्यक्रम तय गरेको छ। त्यसपछि हिल्सा–सिमकोट सडक आयोजना, पूर्वाधार विकास कार्यालय तथा नेपाल टेलिकममा पुगेर माग राख्ने योजना रहेको वडाध्यक्ष तामाङले बताए।
लिमीबाट यति ठूलो संख्यामा प्रतिनिधिमण्डल विकास माग्न सदरमुकाम आएको यो पहिलो घटना भएको स्थानीयहरूले बताएका छन्।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
