ललितपुर महानगरपालिकाको टिमले राष्ट्रिय चेस च्याम्पियनसिपमा उत्कृष्ट सुरुआत
काठमाडौँ, मङ्सिर २१
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको पहिलो दिन २२ टिमबीच प्रतिस्पर्धा भएको छ। आइतबार उद्घाटनसँगै शीर्षस्तरीय खेलाडीहरूको उपस्थिति रहेकाले सुरु दिनकै खेलहरू प्रतिस्पर्धात्मक बनेका थिए।

पहिलो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौँ चेस क्लबमाथि जित निकाल्दै शानदार सुरुआत गर्यो। यस्तै, ललितपुर महानगरपालिकाको टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै अग्रता हासिल गर्यो।

साविक विजेता थापाथली चेस पार्कले सुदूरपश्चिम बुद्धिचाल संघलाई हराउँदै विजयी यात्रा सुरु गर्यो। दोलखा चेस होमले गोदावरी नगरपालिकालाई, पेभिलोन चेस एकेडेमीले ललितपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरे। अन्य खेलहरूमा मध्यपुर थिमी नगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई तथा महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्शलाई हराउँदै जित दर्ता गरे।
प्रतियोगिता ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजमा सञ्चालन भइरहेको छ। राष्ट्रिय क्लब टिम च्याम्पियनसिपको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १ लाख, तृतीय स्थानले ६० हजार र चतुर्थ स्थानले ४० हजार रुपैयाँ पाउनेछ।

पाँचौँदेखि सातौँ स्थानसम्म रहेका टिमले जनही २० हजार पाउनेछन्। साथै, व्यक्तिगत उत्कृष्टता प्रदर्शन गर्ने पाँच खेलाडीलाई जनही १० हजारका दरले सम्मानित गरिनेछ।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
