हल्दीबारी गाउँपालिकामा माथिल्लो भुसुडी खोलाको नयाँ पक्की पुल उद्घाटन
झापा,मंसिर ११
झापाको हल्दीबारी गाउँपालिकाले वडा नम्बर २ र ३ जोड्ने माथिल्लो भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल बिहीबार औपचारिक रूपमा उद्घाटन गरेको छ। २६.८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइ भएको यस पुलको निर्माणमा १ करोड ३० लाख रुपैयाँ लगानी भएको हो। पुल सञ्चालनमा आएसँगै हल्दीबारी–२ र ३ का करिब ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने अनुमान छ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले संयुक्त रूपमा सहभागी भएर पुल सार्वजनिक गरे। कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

यो पुल काठेपुल विस्थापनको उद्देश्यसहित निर्माण भएका तीन पक्की पुलमध्ये तेस्रो हो। पहिले नै भुतेनी खोला र तल्लो भुसुडी खोलाका पुल सञ्चालनमा आएका छन्।
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग




-1770649988.jpg)
-1770567812.jpg)