हल्दीबारी गाउँपालिकामा माथिल्लो भुसुडी खोलाको नयाँ पक्की पुल उद्घाटन - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

हल्दीबारी गाउँपालिकामा माथिल्लो भुसुडी खोलाको नयाँ पक्की पुल उद्घाटन

झापा,मंसिर ११


   झापाको हल्दीबारी गाउँपालिकाले वडा नम्बर २ र ३ जोड्ने माथिल्लो भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल बिहीबार औपचारिक रूपमा उद्घाटन गरेको छ। २६.८ मिटर लम्बाइ र ७.५ मिटर चौडाइ भएको यस पुलको निर्माणमा १ करोड ३० लाख रुपैयाँ लगानी भएको हो। पुल सञ्चालनमा आएसँगै हल्दीबारी–२ र ३ का करिब ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने अनुमान छ।

2-1765189741.jpg
  उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले संयुक्त रूपमा सहभागी भएर पुल सार्वजनिक गरे। कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

siraha-district-1765189871.png
  यो पुल काठेपुल विस्थापनको उद्देश्यसहित निर्माण भएका तीन पक्की पुलमध्ये तेस्रो हो। पहिले नै भुतेनी खोला र तल्लो भुसुडी खोलाका पुल सञ्चालनमा आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष