चाँगुनारायण नगरपालिकाले सम्पदा संरक्षणमा प्राथमिकता
भक्तपुर, साउन ७ — चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाको उत्खनन तथा संरक्षण गर्ने भएको छ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा वडा नं ७ स्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित शिव पुराण तथा विष्णु पुराण ज्ञान महायज्ञ कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले सम्पदा संरक्षण योजना सार्वजनिक गरे।

उनले भने, “नगरपालिकाको १ देखि ९ वडासम्म थुप्रै महत्त्वपूर्ण सम्पदा छन्, कतिपय गुमनाम अवस्थामा छन् भने कतिपयको खोज तथा अनुसन्धान आवश्यक छ। नगरपालिका त्यसमा जुट्नेछ।”
नगरप्रमुख खत्रीले सम्पदाको संरक्षणमा पुरातत्व विभागसँग समन्वय गरी विज्ञको सहायतामा काम अघि बढाइने बताए। साथै, भ्रमण वर्षको सन्दर्भमा सम्पदा खोज, अनुसन्धान तथा संरक्षणमा स्थानीयको साथ आवश्यक रहेको बताए।
उनका अनुसार सगरमाथा दृश्यावलोकन, सर्योदय–सूर्यास्त मात्र नभई सम्पदामार्फत नगरको आर्थिक विकास गर्ने लक्ष्य लिइएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





