बेलडाँडी गाउँपालिकाका उपाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कञ्चनपुर, मंसिर २५
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

उपाध्यक्ष नाथसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारलाई संलग्न गरिएको छ। उनीहरूलाई मिलेमतो गरी नक्सामा नभएको घर रहेको देखाएर गलत कागजात तयार पारिएको र बैंकबाट ऋण लिएको आरोप छ।

अख्तियारका अनुसार बेलडाँडी गाउँपालिका–२ को कित्ता नं. ३५७ मा घर नभएको जग्गामा झुटा नक्सा पास गराएर घर अभिलेखीकरण गरिएको थियो। उक्त नक्सा र अभिलेखीकरण कागजातको आधारमा उपाध्यक्ष नाथले लक्ष्मी सनराइज बैंकबाट दुई किस्तामा रु. ३३ लाख ७५ हजार ऋण लिएको बताइएको छ। स्थलगत निरीक्षण र नापी कार्यालयको प्रतिवेदनले त्यहाँ कुनै पक्की घर नभएको पुष्टि गरेको छ।

अख्तियारले चारै जनाले आपसमा मिलेर झुटा कागजात तयार गरेको ठहर गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आरोपपत्रमा झुटा कागजातका आधारमा बैंक ऋण लिने कार्यमा संलग्न सबैले कानूनी सजाय पाउनुपर्ने माग राखिएको छ।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
