पालिका विशेष
सत्यवती गाउँपालिकाको पहिलो बेत ब्याउने गाईका लागि रु १० हजार अनुदान
गुल्मी, साउन ८ गते – सत्यवती गाउँपालिकाले पहिलो पटक बेत ब्याउने गाईका लागि प्रति गाई रु। १० हजार अनुदान दिने कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेका अनुसार, स्थानीय गाई संरक्षण र गाईपालन प्रवर्द्धन गर्न यो योजना ल्याइएको हो।
यो अनुदान पाउन कृषकले साउन १ गतेदेखि असार १५ गतेभित्र गाई पहिलो पटक ब्याएको प्रमाणसहित निवेदन, नागरिकता, वडा सिफारिस, मुचुल्का, तस्बिर, बैंक खाता विवरण र भेटेरिनरी रिपोर्ट पेश गर्नुपर्नेछ।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले कागजात सुनिश्चित भएपछि मात्र अनुदान उपलब्ध गराइने जानकारी दिएका छन्।
प्रकाशित मिति:
बिहीबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
पालिका विशेष
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
सोमबार, चैत ९, २०८२
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
बुधबार, माघ २९, २०८२
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
शुक्रबार, माघ १०, २०८२
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
आइतबार, पुस २०, २०८२
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
आइतबार, पुस २०, २०८२
समाचार




-1775551031.png)
