हेटौँडा पालिकाको २५ मिटर सडक विस्तार आज सर्वोच्चको सुनुवाइमा
हेटौँडा, २ पुस
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर गरिएको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। हेटौँडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिट सर्वोच्च अदालतको पेशी सूचीमा परेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहितले दायर गरेको उक्त रिट सर्वोच्च अदालतको इजलास नम्बर ६ अन्तर्गत ‘च’ नम्बरमा सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिट निवेदनमाथि बहस हुनेछ।
निवेदकहरूले हेटौँडा बजार क्षेत्रमा सडक सीमा २५/२५ मिटर (हाल २५/२५ गज) कायम गर्दै संरचना हटाउने कार्य गर्दा व्यक्तिगत सम्पत्तिमा हस्तक्षेप भएको दाबी गर्दै गत मंसिर १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

यसअघि मंसिर १९ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै तत्कालका लागि निवेदकका संरचना नहटाउन ‘अल्पकालीन अन्तरिम आदेश’ दिएको थियो। साथै, अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश गरिएको थियो।त्यसपछि मंसिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सम्बन्धित मिसिल झिकाउने आदेश गर्दै पुस २ गतेका लागि पेशी तोकेको थियो।

उक्त मुद्दामा डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर, सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





