तिला गाउँपालिकाको आयोजनामा ११ करोड खर्च, उपकरण अझै अलपत्र
जुम्ला, ६ पुस
जुम्ला जिल्लाको तिला गाउँपालिका–२ मा निर्माण गरिएको तिला लघुजलविद्युत् आयोजनाका करोडौँ रुपैयाँ बराबरका विद्युतीय उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन्। आयोजना सञ्चालनमा नआउँदा विद्युत् उत्पादनका लागि खरिद गरिएका उपकरण सडक किनारमै थन्किएका हुन्।

दुर्गम बस्तीमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले निर्माण थालिएको आयोजना बन्द भएपछि लाखौँ रुपैयाँ खर्च गरेर ल्याइएका सामग्री उपयोग हुन नसकेको स्थानीयवासीको गुनासो छ। विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माणाधीन उक्त आयोजनाका लागि तिला गाउँपालिकाले खरिद गरेका विद्युतीय उपकरण हालसम्म प्रयोगमा आउन सकेका छैनन् र आयोजना पूर्ण रूपमा ठप्प अवस्थामा रहेको छ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण गाउँपालिकामा ल्याइएको थियो। उहाँले अघिल्लो कार्यकालमा पेश्की स्वरूप केही रकम मात्र भुक्तानी भएको जानकारी दिनुभयो।

तिला–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यसहित तिला गाउँपालिका तथा प्रतिनिधिसभाका तत्कालीन सांसद गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषबाट ११ करोड रुपैयाँ बजेट विनियोजन गरी आयोजना निर्माण गरिएको थियो। तर आयोजना र त्यससँग सम्बन्धित उपकरण प्रयोगविहीन भएपछि स्थानीयवासीले शीघ्र सञ्चालनमा ल्याउन माग गर्दै दबाब बढाएका छन्।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
