व्यास नगरपालिका–ऋषिङ गाउँपालिका जोड्ने सेती पुल निर्माणमा ढिलाइ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

व्यास नगरपालिका–ऋषिङ गाउँपालिका जोड्ने सेती पुल निर्माणमा ढिलाइ

तनहुँ, ७ पुस


  तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन । गण्डकी प्रदेशकै महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यो पुल अलपत्र परेपछि स्थानीय बासिन्दा दैनिक सास्ती भोग्न बाध्य छन् भने आयोजनाको लागत र समय दुवै बढ्दै गएको छ ।

1-1766571052.JPG
   वि.सं. २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी, काठमाडौँसँग सम्झौता भई निर्माण सुरु गरिएको पुलको हालसम्मको भौतिक प्रगति करिब ६५ प्रतिशत मात्रै पुगेको छ । गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार १९४ रुपैयाँ लगानीमा निर्माण भइरहेको १५५ मिटर लामो यो पुल ‘स्टिल ट्रस’ संरचनामा आधारित छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न कारण देखाउँदै हालसम्म तीन पटक म्याद थप भइसकेको छ । पुल निर्माण सम्पन्न भएमा व्यास नगरपालिका–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१ को झापुटार प्रत्यक्ष रूपमा जोडिनेछ ।

2-1766571115.jpg
कार्यालयको दबाब, प्रगति भने सुस्त

   पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीका अनुसार निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको छ । उहाँले पुलका स्टिल संरचनाका भागहरूको फेब्रिकेसन कार्य सम्पन्न भइसकेको र दुई वटा स्पानमध्ये एउटा यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ,” तिवारीले भन्नुभयो, “२०८२ चैतको अन्तिमसम्म काम सक्न निर्माण कम्पनीलाई कडा निर्देशन दिइएको छ ।”

Raghuganga-Gaupalika-1766570380.png
   पाइल फाउन्डेसनमा आधारित यो पुल ९.५ मिटर चौडा हुने जनाइएको छ । पछिल्लो समय कार्यालयको दबाबपछि निर्माण स्थलमा केही चहलपहल देखिए पनि विगतमा पटक–पटक म्याद थपिँदा पनि काम नहुँदा स्थानीय भने अझै विश्वस्त हुन सकेका छैनन् ।

1-1766738603.JPG
स्थानीयमा निराशा

   पुल निर्माणमा भएको लामो ढिलाइप्रति स्थानीयस्तरबाट चर्को असन्तोष व्यक्त भइरहेको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्वतमान अध्यक्ष तथा साहित्यकार सागर उदासले पुलको हालको अवस्थाप्रति दुःख व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक