व्यास नगरपालिका–ऋषिङ गाउँपालिका जोड्ने सेती पुल निर्माणमा ढिलाइ
तनहुँ, ७ पुस
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन । गण्डकी प्रदेशकै महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यो पुल अलपत्र परेपछि स्थानीय बासिन्दा दैनिक सास्ती भोग्न बाध्य छन् भने आयोजनाको लागत र समय दुवै बढ्दै गएको छ ।
वि.सं. २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी, काठमाडौँसँग सम्झौता भई निर्माण सुरु गरिएको पुलको हालसम्मको भौतिक प्रगति करिब ६५ प्रतिशत मात्रै पुगेको छ । गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार १९४ रुपैयाँ लगानीमा निर्माण भइरहेको १५५ मिटर लामो यो पुल ‘स्टिल ट्रस’ संरचनामा आधारित छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न कारण देखाउँदै हालसम्म तीन पटक म्याद थप भइसकेको छ । पुल निर्माण सम्पन्न भएमा व्यास नगरपालिका–३ को देउराली नगर र ऋषिङ गाउँपालिका–१ को झापुटार प्रत्यक्ष रूपमा जोडिनेछ ।

कार्यालयको दबाब, प्रगति भने सुस्त
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीका अनुसार निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको छ । उहाँले पुलका स्टिल संरचनाका भागहरूको फेब्रिकेसन कार्य सम्पन्न भइसकेको र दुई वटा स्पानमध्ये एउटा यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ,” तिवारीले भन्नुभयो, “२०८२ चैतको अन्तिमसम्म काम सक्न निर्माण कम्पनीलाई कडा निर्देशन दिइएको छ ।”

पाइल फाउन्डेसनमा आधारित यो पुल ९.५ मिटर चौडा हुने जनाइएको छ । पछिल्लो समय कार्यालयको दबाबपछि निर्माण स्थलमा केही चहलपहल देखिए पनि विगतमा पटक–पटक म्याद थपिँदा पनि काम नहुँदा स्थानीय भने अझै विश्वस्त हुन सकेका छैनन् ।
स्थानीयमा निराशा
पुल निर्माणमा भएको लामो ढिलाइप्रति स्थानीयस्तरबाट चर्को असन्तोष व्यक्त भइरहेको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका निर्वतमान अध्यक्ष तथा साहित्यकार सागर उदासले पुलको हालको अवस्थाप्रति दुःख व्यक्त गर्नुभयो ।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)