टीकापुर नगरपालिकाद्वारा कुपोषित बालबालिका पहिचान र उपचार अभियान सुरु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

टीकापुर नगरपालिकाद्वारा कुपोषित बालबालिका पहिचान र उपचार अभियान सुरु

टीकापुर, कैलाली ।
टीकापुर नगरपालिकाले कुपोषणबाट प्रभावित बालबालिकाको खोजी र उपचारका लागि अभियान सुरु गरेको छ। संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाको तौल र उचाइ जाँच गरी पोषण अवस्था मापन भइरहेको छ।

  टीकापुर अस्पताल र पाँचवटा स्वास्थ्य संस्थाबाट बालबालिकाको पोषणको विवरण संकलन भइरहेको छ। हालसम्म ३० बालबालिका शीघ्र कुपोषित र १२० बालबालिका कुपोषणको जोखिममा भेटिएको स्वास्थ्य शाखाले जनाएको छ।

 

1-1753439427.webp
 

पहिले महिला स्वास्थ्य स्वयंसेविकाको सहायतामा मात्र पाखुराको नाप र तौल हेरेर जाँच गरिँदै आएकोमा अहिले स्वास्थ्यकर्मी स्वयंले उचाइ र तौलका आधारमा विस्तृत परीक्षण गर्न थालेका छन्।

प्रादेशिक अस्पताल टीकापुरमा हाल केही कुपोषित बालबालिकालाई ‘तयारी पोषण खाना’ खुवाएर उपचार भइरहेको छ। बच्चा कुपोषित देखिएपछि स्वास्थ्यकर्मीले आमा र परिवारलाई पोषणको महत्वबारे जानकारी दिँदै आएका छन्।नगरपालिकाले वडास्तरमा पनि पोषण सुधारको काम विस्तार गर्दै पोषण कर्नर स्थापना गरेको छ। गर्भवती महिलालाई समेत सुरुदेखि पोषणको जानकारी दिइँदै आएको छ।

नगरपालिकाका अनुसार स्वास्थ्यकर्मी, स्वयंसेविका र अन्य कर्मचारीलाई घरदैलो, शिविर र सर्वेक्षणमा खटाएर शीघ्र कुपोषण भएका बालबालिकाको खोजी भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष