बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा तालाबन्दी
विराटनगर , पुस ११
मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चार जना विद्यार्थी निलम्बनमा परेपछि क्याम्पसको अवस्था तनावग्रस्त बनेको छ। छात्रामाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि विश्वविद्यालय प्रशासनले ती विद्यार्थीलाई निलम्बन गरेसँगै त्यसको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। निलम्बनको विरोध जनाउँदै विद्यार्थीहरूले शुक्रबार बिहानदेखि प्रदर्शन सुरु गरी विश्वविद्यालयको मुख्य गेटमा तालाबन्दी गरेका छन्। तालाबन्दीका कारण पठनपाठनलगायत शैक्षिक गतिविधि अवरुद्ध भएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार प्रारम्भिक छानबिनका क्रममा अनुशासन विपरीत कार्य भएको देखिएपछि निष्पक्ष अनुसन्धानलाई सहज बनाउन अस्थायी रूपमा निलम्बन गरिएको हो। छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि आवश्यक निर्णय लिइने प्रशासनको भनाइ छ।

तर, आन्दोलनरत विद्यार्थीहरूले प्रशासनले हतारमा एकतर्फी निर्णय गरेको आरोप लगाएका छन्। उनीहरूले छानबिन प्रक्रिया पारदर्शी हुनुपर्ने, दोष प्रमाणित नभएसम्म निलम्बन फिर्ता लिनुपर्ने तथा वार्तामार्फत समस्या समाधान गर्नुपर्ने माग राखेका छन्।
यसैबीच, विश्वविद्यालय प्रशासनले क्याम्पसमा शान्ति–सुरक्षा र अध्ययनको वातावरण कायम राख्न वार्ताको प्रस्ताव गरेको छ। कानुन र संस्थागत आचारसंहिताअनुसार अघि बढ्ने स्पष्ट पार्दै उत्पन्न परिस्थितिबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती





