देवघाट गाउँपालिकाद्वारा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता पार्वती गुरुङलाई विशेष सम्मान
काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी तनहुँ देवघाट गाउँपालिका–५ गैडाढुङ्गाकी पार्वती गुरुङलाई गाउँपालिकाले विशेष सम्मान प्रदान गरेको छ।देवघाट गाउँपालिकाले शुक्रवार आयोजित कार्यक्रममार्फत गुरुङलाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्दै बधाई दिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई नगदसहित सम्मान गर्दै खेलकुदमा उनको योगदानलाई उच्च मूल्याङ्कन गरे।अध्यक्ष थापाले भने,पार्वतीले अन्तर्राष्ट्रिय स्तरमा देवघाट गाउँपालिकाको नाम उजागर गर्न सफल भएकी छिन्

यस्ता खेलाडीलाई हौसला प्रदान गर्न हामीले नगदसहित सम्मान गरेका हौँ। पार्वती गुरुङले ४५ केजीमुनिको तौलसमूहमा बङ्गलादेशकी अर्पा सलिहालाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन्। सम्मानपछि प्रतिक्रिया दिँदै उनले यस्तो सम्मानले आगामी दिनमा अझ मेहनत गरेर देशको नाम चम्काउन प्रेरणा मिलेको बताइन्।
गुरुङको सफलताले देवघाट गाउँपालिकामा मात्र नभई सम्पूर्ण तनहुँ जिल्लालाई गौरवान्वित बनाएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





