रघुगङ्गा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

रघुगङ्गा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा

म्याग्दी , पुस १३ 

     म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

2-1766927243.PNG
   काठमाडौँ महानगरपालिकाबाट प्राप्त एम्बुलेन्सलाई गाउँपालिकाले आवश्यक कार्यविधि तयार गरी स्रोत, साधन र जनशक्तिको व्यवस्था गरेर सञ्चालन सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो।

2-1766927249.jpg
     गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने यस सेवामार्फत पालिकाका सबै आठ वडाका नागरिकले उपचारका लागि एम्बुलेन्स सुविधा पाउने उहाँले बताउनुभयो। एम्बुलेन्स सञ्चालनका लागि एक जना चालक र एक जना नर्ससमेत खटाइएको छ।

1-1766927414.jpg
     आपतकालीन अवस्था, दुर्घटनामा घाइते, सुत्केरी महिला तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवाका लागि पालिकाका विभिन्न वडाबाट सदरमुकाम बेनी र पोखरासम्म बिरामी ओसारपसार गर्न एम्बुलेन्स प्रयोग गरिने छ। एम्बुलेन्समा नर्ससहित अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री अनिवार्य रूपमा उपलब्ध रहने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष