रघुगङ्गा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा
म्याग्दी , पुस १३
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
काठमाडौँ महानगरपालिकाबाट प्राप्त एम्बुलेन्सलाई गाउँपालिकाले आवश्यक कार्यविधि तयार गरी स्रोत, साधन र जनशक्तिको व्यवस्था गरेर सञ्चालन सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो।

गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने यस सेवामार्फत पालिकाका सबै आठ वडाका नागरिकले उपचारका लागि एम्बुलेन्स सुविधा पाउने उहाँले बताउनुभयो। एम्बुलेन्स सञ्चालनका लागि एक जना चालक र एक जना नर्ससमेत खटाइएको छ।

आपतकालीन अवस्था, दुर्घटनामा घाइते, सुत्केरी महिला तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवाका लागि पालिकाका विभिन्न वडाबाट सदरमुकाम बेनी र पोखरासम्म बिरामी ओसारपसार गर्न एम्बुलेन्स प्रयोग गरिने छ। एम्बुलेन्समा नर्ससहित अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री अनिवार्य रूपमा उपलब्ध रहने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
