काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल
काठमाडौं, पुस १५
नेकपा एमाले की केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुस्तान्तरणको सही अर्थ बुझ्न युवाहरूले गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उहाँले पुस्तान्तरण भनेको केवल पुरानो नेतृत्व हटाएर नयाँ ल्याउनु मात्र नभएको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार वास्तविक पुस्तान्तरण भनेको ज्ञान, विचार, मूल्य र संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु हो। अन्य दलहरूले पुस्तान्तरणको विषयमा धेरै कुरा गरे पनि नेकपा (एमाले) ले भने व्यवहारमै कार्यान्वयन गरेर देखाएको उहाँको भनाइ थियो। एमालेको ११ औँ महाधिवेशनबाट युवा क्लस्टर छुट्याएर नेतृत्व विकासको अवसर दिएको उल्लेख गर्दै डंगोलले आफू पनि सोही क्लस्टरमार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएको जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
