काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल

काठमाडौं, पुस १५

    नेकपा एमाले की केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पुस्तान्तरणको सही अर्थ बुझ्न युवाहरूले गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उहाँले पुस्तान्तरण भनेको केवल पुरानो नेतृत्व हटाएर नयाँ ल्याउनु मात्र नभएको स्पष्ट पार्नुभयो।
1-1767091180.jpg
     उहाँका अनुसार वास्तविक पुस्तान्तरण भनेको ज्ञान, विचार, मूल्य र संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु हो। अन्य दलहरूले पुस्तान्तरणको विषयमा धेरै कुरा गरे पनि नेकपा (एमाले) ले भने व्यवहारमै कार्यान्वयन गरेर देखाएको उहाँको भनाइ थियो। एमालेको ११ औँ महाधिवेशनबाट युवा क्लस्टर छुट्याएर नेतृत्व विकासको अवसर दिएको उल्लेख गर्दै डंगोलले आफू पनि सोही क्लस्टरमार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएको जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष