पालिका विशेष
बाढीले पुल बगाएपछि स्ट्रेचरमा बिरामी उद्धार, फक्ताङलुङ पालिकाको तत्काल मर्मत योजना
फक्ताङलुङ, साउन ११ — हालको अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा जनजीवन कष्टकर बनेको छ। मोटर गुड्ने पुल बगाएपछि पालिकाका नागरिकलाई बिरामी बोक्नेसम्मको अवस्था सिर्जना भएको छ।फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र ६ लेलेप जोड्ने रानीपुल, तथा तापेथोकमै रहेको ताम्मावाखोलाको अस्थायी काठेपुलमा बाढीले क्षति पुर्याएपछि स्थानीयहरू पैदल मार्गमा निर्भर हुनुपरेको छ।
सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएपछि बिरामीको उद्धार समेत जोखिमपूर्ण बनेको छ।
गत राति ६ नम्बर वडाको लुङथुङकी ३० वर्षीया पेम्बा शेर्पालाई गम्भीर अवस्थामा स्ट्रेचरमा बोकेर ताम्मावाखोला सम्म ल्याइएको थियो। करिब १५ जना युवाको समुहले घण्टौँको प्रयासपछि रातको १२ बजे गाडी चल्ने स्थानमा पुर्याइ उनलाई अस्पताल भर्ना गरिएको स्थानीय तेन्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो।
प्रकाशित मिति:
आइतबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
पालिका विशेष
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
सोमबार, चैत ९, २०८२
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
बुधबार, माघ २९, २०८२
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
शुक्रबार, माघ १०, २०८२
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
आइतबार, पुस २०, २०८२
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
आइतबार, पुस २०, २०८२
समाचार




-1775551031.png)
