बेँसीसहर नगरपालिकामा विद्यार्थीका लागि लायन्स क्लबको सहयोगी कार्यक्रम
लमजुङ, पुस १४
लायन्स क्लब अफ लमजुङ बेँसीसहरले बेँसीसहर नगरपालिका–७ मा रहेको लक्ष्मी बाल मन्दिर विद्यालयका विद्यार्थीलाई जाडो मौसमलाई मध्यनजर गर्दै जुत्ता–मोजा र टोपी वितरण गरेको छ। बेँसीसहर युथ सोसाइटी तथा युनिभर्सल एकेडेमीको सहकार्यमा करिब ३५ हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको हो। लायन्स क्लब अफ लमजुङ बेँसीसहरका अध्यक्ष विमल अधिकारीका अनुसार विद्यालयका ६२ जना विद्यार्थीलाई ६२ जोर जुत्ता–मोजा र टोपी प्रदान गरिएको छ।

वितरण कार्यक्रम क्लबका अध्यक्ष विमल अधिकारीको अध्यक्षता तथा बेँसीसहर नगरपालिका शिक्षा शाखा प्रमुख सिर्जना पाण्डे चिलुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख चिलुवालले यस्ता सहयोगले विद्यार्थीको आत्मविश्वास बढाउने र पठनपाठनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले विद्यालय तहमा गरिएको सानो सहयोगले पनि ठूलो महत्व राख्ने उल्लेख गर्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

त्यस अवसरमा अध्यक्ष अधिकारीले समाजसेवाको भावना अनुसार क्लबले हरेक वर्ष विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि बालबालिकामुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। समुदायसँग सहकार्य गर्दै शिक्षा र बालकल्याणका क्षेत्रमा योगदान गर्नु क्लबको प्राथमिकता रहेको उहाँको भनाइ थियो।
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती





