तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
पाल्पा, पुस १४
एनपीएल ट्रफीसहित तानसेन आइपुगेको लुम्बिनी लायन्स टोलीलाई स्थानीय तह, जिल्ला क्रिकेट संघ, खेलाडी, होटल व्यवसायी र सर्वसाधारणले भव्य स्वागत गरेका छन्। आइतबार बेलुकी गुल्मीका विभिन्न स्थान हुँदै तानसेन आइपुगेको टोलीलाई होटल पौवामा खेलाडी र होटल सञ्चालकले सम्मानजनक स्वागत गरेका थिए। सोमबार बिहान ऐतिहासिक तथा धार्मिक रणउजीरेश्वरी भगवती मन्दिरमा ट्रफीसहित प्रदर्शन गरिएको थियो। कार्यक्रममा खेलाडी, विद्यार्थी र सर्वसाधारणले ट्रफीसँग फोटो खिच्दै उत्सव मनाए।
जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका ज्ञवाली गैरे लगायतले लुम्बिनी लायन्सलाई बधाई दिनुका साथै आगामी वर्ष पनि सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्नुभयो।
पाल्पा दरबार परिसरमा पनि ट्रफी हेर्न र फोटो खिच्न भारी भिड देखियो। तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ट्रफी प्रदर्शनले खेलाडी र नागरिकमा उत्साह बढाएको र समग्र खेलकुद विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो।
लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका विभिन्न जिल्ला सदरमुकाम र ग्रामीण बस्तीमा समेत ‘सेलिब्रेसन’ गर्दै पाल्पा भ्रमण गरेका हुन्। क्रिकेट क्रेज बढाउने उद्देश्यले आयोजित यस सेलिब्रेसनमा स्थानीय बासिन्दा, खेलाडी, नागरिक समाज र जनप्रतिनिधिहरूको उत्साह उच्च रहेको देखिएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





