सामाजिक
राक्सिराङ–कैलाश गाउँपालिकामा अवैध गाँजा र अफिमखेती फडानी
बागमती, मकवानपुर
मकवानपुर जिल्लाका राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध रूपमा लगाइएको गाँजा तथा अफिमखेती प्रहरीले नष्ट गरेको छ। प्रहरीको विशेष अभियानअन्तर्गत करिब ३० बिघा क्षेत्रफलमा फैलिएको गाँजा र अफिमखेती फडानी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार २१ बिघा क्षेत्रफलमा लगाइएको गाँजा र ९ बिघामा गरिएको अफिमखेती पूर्ण रूपमा नष्ट गरिएको छ। उक्त अभियान राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा सञ्चालन गरिएको थियो।

प्रहरीले लागुऔषध दुरुपयोग तथा अवैध खेती नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाएको छ। गाँजा तथा अफिम फडानीको कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
सामाजिक
काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन
सोमबार, पुस २८, २०८२
गोदावरी नगरपालिकामा नगरस्तरीय थारू माघ महोत्सव हुने
आइतबार, पुस २७, २०८२
महालक्ष्मी नगरपालिकामा सक्खर उत्पादन आम्दानीको बलियो आधार
आइतबार, पुस २७, २०८२
बागलुङ नगरपालिकामा धार्मिक र पर्यटकीय आकर्षण: शालिग्राम सङ्ग्रहालयको आम्दानी बढ्दै
शुक्रबार, पुस २५, २०८२
रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती
बिहीबार, पुस २४, २०८२
जानकी गाउँपालिकामा सुत्केरी भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन
बिहीबार, पुस १७, २०८२
समाचार





