सामाजिक
राक्सिराङ–कैलाश गाउँपालिकामा अवैध गाँजा र अफिमखेती फडानी
बागमती, मकवानपुर
मकवानपुर जिल्लाका राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध रूपमा लगाइएको गाँजा तथा अफिमखेती प्रहरीले नष्ट गरेको छ। प्रहरीको विशेष अभियानअन्तर्गत करिब ३० बिघा क्षेत्रफलमा फैलिएको गाँजा र अफिमखेती फडानी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार २१ बिघा क्षेत्रफलमा लगाइएको गाँजा र ९ बिघामा गरिएको अफिमखेती पूर्ण रूपमा नष्ट गरिएको छ। उक्त अभियान राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा सञ्चालन गरिएको थियो।

प्रहरीले लागुऔषध दुरुपयोग तथा अवैध खेती नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाएको छ। गाँजा तथा अफिम फडानीको कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
सामाजिक
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
मंगलबार, चैत १०, २०८२
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
सोमबार, चैत ९, २०८२
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
शुक्रबार, माघ २४, २०८२
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
सोमबार, माघ २०, २०८२
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
बिहीबार, माघ ९, २०८२
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, माघ ३, २०८२
समाचार




-1775551031.png)
