कोशी गाउँपालिकामा गोलीकाण्डपछि तनाव, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
इनरुवा, पुस १७
सुनसरीको कोशी गाउँपालिका–१ लौकही क्षेत्रमा तनाव उत्पन्न भएको छ। अपरिचित समूहको गोली प्रहारबाट एक स्थानीय व्यक्तिको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। बुधबार राति सशस्त्र प्रहरीको वीओपी लौकही नजिकै पर्ने पुरीटोलमा भएको घटनामा कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको गोली लागेर मृत्यु भएको हो। घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले साहको शव सडकमा राखेर न्यायको माग गर्दै नाराबाजी गरिरहेका छन्। उनीहरूले गोली प्रहारमा संलग्न अपराधी वा सम्बन्धित सुरक्षाकर्मीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको छ। स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको जनाएको छ।
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)