डाइभर्सन निर्माणका लागि लिङ्तेप–थुकिमा सडक १६ दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न पालिकाको आग्रह
मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा नं। ५ थुकिमाको सिमानामा पर्ने मुङ्वाखोलामा डाइभर्सन निर्माणको कार्य भइरहेको हुँदा साउन १० गतेदेखि २५ गतेसम्म लिङ्तेप–थुकिमा सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको जानकारी गराइन्छ।
हाल मुङ्वाखोलामा ह्युमपाइप बिछ्याई, डाइभर्सन निर्माण तथा ढलानको काम मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेड मार्फत तीव्र रूपमा अगाडि बढाइएको छ। निर्माण कार्य सफल र समयमै सम्पन्न होस् भन्ने उद्देश्यले उक्त अवधिसम्म सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइएको हो।
सडक बन्दको अवधिमा थुकिमाको मुदुम्स–माश्रिङ स्वास्थ्यचौकी–मुङ्वाखोला–लिङ्तेप–कान्छी बजार मार्ग प्रयोग गर्न पालिका सम्पूर्ण स्थानीयवासी, यात्री तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछ।सदरमुकाम फुङलिङलाई मेरिङ्देन हुँदै मिक्वाखोला गाउँपालिका जोड्ने मुख्य मार्गमा पर्ने यो सडक खण्ड अत्यन्तै संवेदनशील भएकाले पालिका निर्माण कार्यलाई प्राथमिकतामा राखी नियमित अनुगमन गरिरहेको छ। मौसम अनुकूल रहेमा तोकिएको समयमा काम सम्पन्न गरिने विश्वास दिलाउँदछौं।निर्माण कार्यका क्रममा हुने असुविधाप्रति क्षमायाचनासहित सबैको सहकार्यको अपेक्षा गर्दछौं।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
