रुपा गाउँपालिकाको प्राथमिकतामा लसुन, प्याज र अदुवा खेती
गण्डकी, पुस २४
कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गर्दै लसुन र प्याजको व्यावसायिक खेतीलाई प्राथमिकतामा राखेको छ । पालिकाले चालु आर्थिक वर्षमा करिब १ लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य तय गरेको छ। गत वर्ष नमूना परीक्षणका रूपमा सुरु गरिएको लसुन र प्याज खेती सफल भएपछि यस वर्ष गाउँपालिकाले सबै वडामा विस्तार गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल गाउँपालिकाका सातवटै वडाका करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याज खेती भइरहेको छ।

स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी तथा खोलाको छेउलगायतका क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिएको अध्यक्ष ओझाले बताउनुभयो। पालिकाले लसुन खेतीका लागि प्रतिरोपनी १० हजार रुपैयाँ र प्याजका लागि प्रतिरोपनी ८ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससँगै अदुवा खेतीलाई पनि प्राथमिकता दिँदै किसानलाई बीउ अदुवा अनुदानमा वितरण गरिएको छ।

गाउँपालिकाभित्र करिब २५० रोपनी क्षेत्रफलमा अदुवा खेती भइरहेको र यस वर्ष करिब ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । “विभिन्न स्थानमा लगाइएको अदुवा राम्रोसँग फलेको छ,” उहाँले भन्नुभयो, “एक किलो बीउ रोप्दा एक डोकोसम्म उत्पादन भएको किसानहरूले बताएका छन्।”
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त
हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन




-1770649988.jpg)
-1770567812.jpg)