काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

काठमाडौँ महानगरपालिकाद्वारा सामुदायिक कुकुर व्यवस्थापन र रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन

काठमाडौँ, पुस २८ 

   काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको सङ्ख्या व्यवस्थापन र रेबिज नियन्त्रणका लागि सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रम अन्तर्गत हालसम्म २८ वटा वडामा ५,०४४ कुकुरको बन्ध्याकरण गरिएको छ। महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका अनुसार कार्यक्रम गत कात्तिक १४ गतेदेखि सुरु भएको हो। सबैभन्दा बढी बन्ध्याकरण वडा नं. ६ मा ६२१ कुकुर भएको छ भने सबैभन्दा कम वडा नं.२१ मा ८ कुकुरको बन्ध्याकरण गरिएको छ।

1-1768218909.jpg
    अन्य वडाहरूमा बन्ध्याकरणको विवरण यस प्रकार छस् वडा नं। १६ मा ५६४, वडा नं. १५ मा ४५६, वडा नं. ३१ मा ४१९, वडा नं. ७ मा ४०७, वडा नं. ३२ मा ३८५, वडा नं. १४ मा २५८, वडा नं. १० मा २३६, वडा नं. ३ मा २१५, वडा नं. २६ मा १८७, वडा नं. ४ मा १६०, वडा नं. ५ मा १३८, वडा नं. ८ मा ११४, वडा नं. १ र १२ मा समान ११३–११३, वडा नं. १३ मा १०१, वडा नं. ९ मा ९८, वडा नं. ११ मा ७४, वडा नं. २० मा ६१, वडा नं. २८ मा ५७, वडा नं.२९ मा ५६, वडा नं. १७ मा ५५, वडा नं. १९ मा ४१, वडा नं. २ र २३ मा ३२–३२, वडा नं. २४ मा ३१ र वडा नं. ३० मा १२ कुकुरको बन्ध्याकरण गरिएको छ।

2-1768218921.jpg
 वडा नं. १८, २२, २५ र २७ मा कार्यक्रम सुरु गर्ने तयारी भइरहेको विभागले जनाएको छ।

     कार्यक्रम काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटेरिनरी अस्पताल, स्नेहाज केयर र SPCA  नेपाल सँगको सहकार्यमा सञ्चालन भइरहेको छ। विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरणका क्रममा कुकुरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर, २४ घण्टा निगरानीमा राखेर, पूर्ण रूपमा स्वस्थ भएपछि पुनः छोड्ने व्यवस्था गरिएको छ।

 

3-1768218916.jpg
    उहाँले स्पष्ट पार्नुभयो कि पशु कल्याणका मापदण्डको पूर्ण पालना गरिँदै, कुकुरहरूले कुनै पनि प्रकारको पीडा अनुभव नगर्ने सुनिश्चित गरिएको छ। महानगरपालिकाले यस कार्यक्रमबाट सामुदायिक कुकुरहरूको सङ्ख्या नियन्त्रण र रेबिज रोगको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक