हिमाली गाउँपालिकामा विद्यार्थीलाई न्यानो कपडा वितरण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सामाजिक

हिमाली गाउँपालिकामा विद्यार्थीलाई न्यानो कपडा वितरण

बाजुरा, पुस २९ 

    बाजुराको हिमाली गाउँपालिका–२ रुम्दीस्थित आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोयामको कठ्याङ्ग्रिँदो चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको छ। समाजसेवी गङ्गा राईको सहयोगमा विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराइएको हो। हिमाली भेगमा अवस्थित रुम्दी क्षेत्रका बालबालिकालाई हिउँदको समयमा विद्यालय जान निकै कठिन हुने गरेको छ। चिसोका कारण पढाइमा समेत असर परिरहेको अवस्थामा न्यानो कपडा पाएपछि विद्यार्थीहरू हर्षित भएका छन्।

2-1768295807.jpg
   विद्यालयकी छात्रा प्रमिला रोकायाले जाडो मौसममा अत्यधिक चिसोका कारण विद्यालय जान समस्या हुने गरेको बताउँदै न्यानो कपडा पाएपछि धेरै सहज महसुस भएको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो अवस्था बुझेर न्यानो कपडा वितरण गरिदिनु भएकोमा हामी धेरै खुसी छौँ। अब पढ्न जान सजिलो भएको छ।” उहाँले आगामी दिनमा गरिब तथा विपन्न विद्यार्थीलाई स्टेसनरी सामग्री जस्ता शैक्षिक सहयोगसमेत उपलब्ध गराइए अझै राम्रो हुने अपेक्षा व्यक्त गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक