काइके गाउँपालिकाबाट निमा रोकाय गुम्बा विकास समितिको अध्यक्षमा चयन
डोल्पा,पुस ३०
काइके गाउँपालिका–५ बैजिबाडाका निमा कुन्क्याप रोकाय बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका छन्। सरकारको मन्त्रिस्तरीय निर्णयअनुसार उनलाई पाँच वर्षका लागि समितिको अध्यक्षमा चयन गरिएको हो।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले रोकायलाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए। मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति ९गठन० आदेश २०७५ को दफा ३ को उपदफा २ बमोजिम रोकायलाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो।
समाजसेवी रोकायले सन् २००८ देखि डोल्पो बोन स्कुल सञ्चालन गर्दै आएका छन्। उनले डोल्पाका विपन्न, गरिब तथा असहाय बालबालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्दै आएका छन्। पछिल्ला १६ वर्षदेखि उक्त विद्यालय उनी स्वयंले व्यक्तिगत रूपमा सञ्चालन गरिरहेका छन्।
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त




-1775551031.png)
