सुर्योदय नगरपालिकाको पहल: तारगाउँ (वार्ड ६) मा युवा सक्रिय अभियान
सुर्योदय नगरपालिका–६ तारगाउँका युवाहरूले आफ्नो गाउँ आफैं बनाऔं भन्ने नारा आफ्नो जीवनमा उतार्दै गाउँको समग्र विकासमा उल्लेखनीय योगदान दिएका छन्।
उनीहरूले यस अभियानमा सरसफाइ र संरचना सुधारदेखि लिएर समुदायको दीर्घकालीन सुधारका लागि र स्थानीय विकासप्रति जिम्मेवार भावना राख्दै उनीहरूले गत हप्ता र आज गरी दुई दिनसम्म निरन्तर सरसफाइ तथा मर्मत कार्यमा सहभागिता जनाएका छन्। पैदलयात्रीहरूको सहज आवागमनका लागि कच्ची बाटोको मर्मत गर्नुका साथै गुराँस फुल रापने, पानीको मुहान क्षेत्रको सफाइ र संरक्षणमा समेत उनीहरू सक्रिय देखिएका छन्।क्रिय भागेदारी गरेका छन्।
सडक सुधार, सरसफाइ अभियान, खानेपानी स्रोतको संरक्षण, विद्यालय सुधार, र रूखरोपणजस्ता गतिविधिमा सामूहिक श्रमदानमार्फत युवाहरूले श्रम, समय र सीपको योगदान दिँदै आएका छन्।यी अभियानले तारगाउँको भौतिक सुधार त गरेका छन् नै, साथै युवाहरूमा नेतृत्व क्षमता र सामाजिक एकताको भावना समेत विकास गराएका छन्। यो अभियान अन्य समुदायहरूका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग




-1770649988.jpg)
-1770567812.jpg)