तीन पालिकाको आर्थिक केन्द्र बाम्का बजार उठ्दैछ
बाजुरा, साउन १६
त्रिवेणी, बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका बासिन्दाले दैनिक कारोबार गर्ने मुख्य केन्द्र बाम्का बजार आगलागीपछिको पुनर्निर्माणमार्फत बिस्तारै पुरानै रौनक फर्काउँदैछ। तीन स्थानीय तहको संगमस्थल मानिने यो बजार सुपथ मूल्यमा लुगा, खाद्यान्न र दैनिक उपभोग्य सामग्री पाइने भएकाले जिल्लाका अन्य बजारहरूभन्दा बढी चहलपहल हुने गर्दछ।
गएको जेठ २३ गते अचानक लागेको आगलागीले बजार क्षेत्रका ३६ वटा पसल पूर्ण रूपमा नष्ट भएका थिए। उक्त घटनाबाट करिब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। स्थानीय टहरा र घरहरू जलेर खरानी बनेपछि केही समय बजार सुनसान बनेको थियो। तर,पछिल्लो समय विभिन्न संघ–संस्था,व्यक्ति र स्थानीय तहबाट प्राप्त सहयोगका कारण बाम्का बजार पुनः निर्माणतर्फ उन्मुख भएको छ। प्राप्त विवरणअनुसार खाद्यान्न,लुगा,नगद लगायतका सामग्रीमार्फत झण्डै एक करोड रुपैयाँभन्दा बढीको सहयोग जुटिसकेको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक मेघनाथ पाध्याले जानकारी दिनुहुँदै भने,केही दिनअघिसम्म आगलागीले कुरूप देखिएको यो बजार अहिले बिस्तारै पुरानै स्वरूपमा फर्किंदै छ। स्थानीयको सक्रियता र सहायताले बजारमा फेरि गति आइरहेको छ।

स्थानीय व्यापारी र बासिन्दाले पनि नयाँ टहरा बनाएर व्यवसाय सुरु गरिसकेका छन्। यससँगै बाम्का बजार पुनः जीवन्त बन्दै गएको छ।
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
घोराही उपमहानगरपालिकामा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन नगरपालिका खेलप्रेमी र सर्वसाधारणले लुम्बिनी लायन्सलाई स्वागत गरे
काठमाडौं महानगरपालिकाको नेतृत्वमा पुस्तान्तरण केवल नेतृत्व फेर्नु होइन : उपमेयर डंगोल





