वीरेन्द्रनगर पालिकाको अगुवाइमा ३५५ स्थानमा सिसी क्यामेरा जडान सुरु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

वीरेन्द्रनगर पालिकाको अगुवाइमा ३५५ स्थानमा सिसी क्यामेरा जडान सुरु

काँक्रेविहार, सुर्खेत – साउन १६, २०८२
  वीरेन्द्रनगर नगरपालिकाले सुर्खेतमा बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन ३५५ स्थानमा सिसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेको छ। नगरपालिकाको अगुवाइमा नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँग त्रिपक्षीय समझदारी गरी उक्त योजना कार्यान्वयनमा ल्याइएको हो।

1-1754049303.jpg

  नगरप्रमुख मोहनमाया ढकालका अनुसार,पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा क्यामेरा जडान गरिनेछ भने दोस्रो चरणमा थप २५० स्थानमा वर्षभित्रै क्यामेरा जडान गरिनेछ।सम्झौताअनुसार नेपाल टेलिकमले अप्टिकल फाइबरसहितका सिसी क्यामेरा तथा वाइफाइ हटस्पट जडान गर्नेछ। हाल टेलिकमले वडा नं ६ र ८ को घण्टाघर क्षेत्र तथा नगरपालिकाको प्राङ्गणमा निःशुल्क वाइफाइ सुविधा स्थापना गर्ने कार्य अघि बढाएको छ।

1-1754050413.jpg
   सिसी क्यामेराहरूको निगरानी जिल्ला प्रहरी कार्यालयले २४ सै घण्टा गर्नेछ भने व्यवस्थापन तथा मर्मतसम्भार नगरपालिकाले गर्नेछ। चालु आर्थिक वर्ष २०८२र८३ मा नगरपालिकाले क्यामेरा जडानका लागि रु ११ लाख ६९ हजार बजेट विनियोजन गरेको छ।प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार,सिसी क्यामेराबाट नगरको शान्तिसुरक्षा सुदृढ हुने विश्वास लिइएको छ। विश्वविद्यालय वरपरको क्षेत्रलाई शान्तिक्षेत्र बनाएर अध्ययन र अनुसन्धानका लागि प्रविधि(मैत्री वातावरण तयार पार्ने योजना पनि अघि सारिएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष