याङवरक गाउँपालिका–१ मा बेपत्ता भएका दुई बालबालिका खोलामा मृत अवस्थामा भेटिए
फिदिम, साउन २०, २०८२ — पाँचथरको याङवरक गाउँपालिका–१, च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका बालबालिका आज बिहान स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन्। स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राईको शव खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बालबालिका साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका थिए। बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी चौकी, वडा कार्यालय तथा जनप्रतिनिधिहरूले गाउँ र आसपासको जङ्गल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए।
यसैबिच, साविक च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने बिरुवा खोलामा दुवै जनाको शव भेटिएको याङवरक १ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो।
बालबालिकाको शव घटनास्थलको प्रकृति मुचुल्का तयार गरेर पोष्टमार्टका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरिक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो।
घटनाको अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको पनि बुढाथोकीको भनाइ छ।
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त




-1775551031.png)
